☰ open Loading... 20 September 2024|  

दैलेखमा जंगली च्याउ खादा एकै परिवारका ४जना विरामी
पश्चिम नेपाल   | ९ श्रावण २०८१, बिहीबार ०८:२१

 

दैलेख –विसालु च्याउ खादा दैलेखको डुवेश्वर गाँउपालिकामा एकै परिवारका चार जना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा डुङ्गेश्वर गाउँपालिका वडा -२ लाकुरीका  एकै घरका चार जना विरामी परेका हुन् ।

बिरामी हुनेमा बर्ष ३० कि अमृता बिक ,उनका १३ बर्षीय छोरी मिना बिक, ९वर्षीय छोरी रन्जना बिक , बर्ष ५वर्षीय छोरी सर्मिला बिक रहेको डुडुङ्गेश्वर गाउँपालिका -२का वडाध्यक्ष याम बहादुर बिष्टले बताए ।च्याउ खाएदेखि नै उनीहरु बिरामी परेको उनले जानकारी दिए ।
च्याउ खाएलगत्तै लगातार बान्ता हुन थालेको थियो। उनीहरुलाई राति नै  स्वास्थ्य सेवा कार्यालय दैलेखमा भर्ना गरिएको थियो । अहिले उनीहरुको स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार भईरहेको छ।