☰ open Loading... 5 February 2025|  

खान यूनिसमा इजरायली सेनाको आक्रमण, ७० जनाको मृत्यु
पश्चिम नेपाल   | ८ श्रावण २०८१, मंगलवार ०९:२३

गाजाको दक्षिणी सहर खान यूनिसमा इजरायली सेनाले गरेको आक्रमणमा परी कम्तिमा ७० जनाको मृत्यु भएको छ।

इजरायलले दक्षिण सहर खान यूनिसलाई खाली गर्न निर्देशने दिएको केही समयमै सो आक्रमण गरिएको हो।

इजरायली सेनाले सोमवार बिहान मात्रै खान यूनिसको पूर्वी क्षेत्रमा आतङ्की गतिविधि र रकेटले आक्रमण भएका भन्दै त्यस क्षेमा बसोबास गरिरहेका मानिसहरू अल–मवासी क्षेत्रमा जानका लागि भनेको थियो।

इजरायलले पछिल्लो समय तीव्र बनाएको आक्रमणमा परी दैनिकजसो ५० देखि सय जनाको मृत्यु हुने गरेको छ।