☰ open Loading... 19 September 2024|  

बलात्कार आरोपमा दुई पक्राउ
पश्चिम नेपाल   | ८ श्रावण २०८१, बुधबार ०९:४९

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानमा दुई जनालाई पक्राउ गरेको छ । महिलालाई बलात्कार गर्ने युवा भने फरार छन् ।

बलात्कारको उद्योग आरोपमा प्रहरीले जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका-१ देवस्थल बस्ने वर्ष २२ का मानबहादुर रावत र बसन्त बुढालाई पक्राउ गरेको हो । अर्का एक फरार रहेका छन् ।

कर्णाली
बलात्कार आरोपमा दुई पक्राउ
श्रावण ८, २०८१विप्लव महर्जन
बलात्कार आरोपमा दुई पक्राउ
Read in English
120

shares
सल्यान —२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानमा दुई जनालाई पक्राउ गरेको छ । महिलालाई बलात्कार गर्ने युवा भने फरार छन् ।

Advertisement

बलात्कारको उद्योग आरोपमा प्रहरीले जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका-१ देवस्थल बस्ने वर्ष २२ का मानबहादुर रावत र बसन्त बुढालाई पक्राउ गरेको हो । अर्का एक फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रनि रेसमबहादुर खत्रीका अनुसार घरमा कोही नभएको मौका छोपी गत असार ३१ गते राति १२ बजे माइतीघरमा सुतिरहेकी युवतीलाई मानबहादुर रावत र बसन्त बुढाले बलात्कारको प्रयास गरेका थिए । नाम नखुलाइएका अर्का एकजनाले बरन्डाबाट तानी घिसार्दै घरदेखि ३० फिट टाढा पर्ने शौचालय नजिकैको खाली जग्गामा लगेर बलात्कार गरेका थिए ।

पक्राउ परेका दुई जनालाई जिल्ला अदालत सल्यानबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखेर अनुसन्धान भइरहेको र फरार प्रतिवादीको खोजी भइरहेको सूचना अधिकारी प्रनि खत्रीले जानकारी गराए ।