☰ open Loading... 20 November 2025|  

सुनको मूल्य ११ सयले बढ्यो
पश्चिम नेपाल   | ९ श्रावण २०८१, बुधबार १६:२९

स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ तोकेको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ थियो। यसअघि साउन २ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो।

बुधबार चाँदी पनि बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको महासंघले जनाएको छ।

अघिल्लो दिन प्रतितोला १७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०५ रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।