☰ open Loading... 19 September 2024|  

सौर्य एयरका घाइते पाइलटको मेरुदण्डको अपरेशन गरिँदै
पश्चिम नेपाल   | ८ श्रावण २०८१, बुधबार १६:४२

सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्यको मेरुदण्डको अपरेशन गरिएको छ ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मेरुदण्डको अपरेशनका लागि अपरेशन थिएटरमा लगिएको एक चिकित्सकले जानकारी दिए ।

त्यस्तै उनको टाउकोमा पनि चोट लागेकाले न्यूरो सर्जरी गर्ने र आँखामाथिको भागमा लागेको चोटको पनि अपरेशन गर्नुपर्ने ती चिकित्सकले बताए ।

अस्पतालका हाडजोर्नी विशेषज्ञ, न्यूरोसर्जन, फिजिसियनलगायत विशेषज्ञ चिकित्सकले उनको स्वास्थ्य जाँच गरिरहेका छन् ।

बुधबार काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको भने घाइते अवस्थामा उद्दार गरिएको थियो ।