☰ open Loading... 20 September 2024|  

हुम्लाको सर्केगाढ गाउँपालिकाका सवै वडामा इन्टरनेट
पश्चिम नेपाल   | ९ श्रावण २०८१, बिहीबार १४:५०

हुम्लाको सर्केगाढ गाउँपालिकाको दुर्गम वडाका रुपमा रहेको ६ नम्वर वडामा पहिलो पटक इन्टरनेट पुगेको छ । ६ नम्वर वडा निकै दुर्गम वडाका रुपमा रहेको छ । यो संगै सर्केगाढका ८ वटै वडामा इन्टरनेट सुविधा पुगेको हो ।

दुर्गमलाई प्राथमिकता दिएर एभरेष्ट नेटले आफ्नो सेवा विस्तार गरेको छ । वायरलेस प्रविधिबाट नेट सेवा दुर्गममा कम्पनीले दिएको हो । दुर्गममा इन्टरनेट सुविधा पाएपछि कर्मचारी, जनप्रतिनिधिदेखि स्थानीयहरु हर्षित छन् ।

दुर्गम गाउँमा पहिलो पटक नेट चलेपछि निकै खुसी लागेको सर्केगाढ गाउँपालिका –६ का वडाअध्यक्ष पदम शाहीले बताए । ‘जनताको काममा नेट आएपछि अँझ सजिलो हुनेछ ।’ अध्यक्ष शाहीले भने, वडामा एभरेष्ट नेट सञ्चालनमा आएसंगै जनप्रनिधि, कर्मचारी र जनताहरुमा खुसी साटेका छौं ।’

सर्केगाढका सवै वडा कार्यालयहरुमा इन्टरनेट सेवा दिईएको एभरेष्ट नेटका प्राविधिक विक्रम वलीले बताए ।

हुम्लाको चंखेली, अदानचुली, ताजाकोट लगायतका दुर्गम स्थानमा इन्टरनेट यसअघि नै पुगीसकेको छ । सिमकोट र हिल्सामा नेटको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । सुदुरपश्चिम, कर्णाली र लुम्विनी प्रदेशका दुर्गम २२ जिल्लामा एभरेष्ट नेटले आफ्नो सेवा दिएको छ । एभरेष्ट नेटले कर्णालीसहित १२ जिल्ला फाईवर प्रविधिबाट सेवा दिएको छ ।