☰ open Loading... 24 June 2025|  

रामेछापमा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु
पश्चिम नेपाल   | ११ श्रावण २०८१, शुक्रबार ०६:५५

रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोले घर बगाउँदा ३ जना किशोरीहरूको मृत्यु भएको छ।

बिहीवार राति करिब ८ः३० बजेको समयमा विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी १८ वर्षीया छोरी सीता तामाङ, छिमेकी पेमा तामाङकी १५ वर्षीया छोरी आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी १३ वर्षीया छोरी लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरिक्षक प्रदिप कुमार सिंहले बताए।

दिउँसो खेतमा काम गरेर साँझ घर फर्किदा चिसो छल्न भन्दै भान्छामा आगो तापिरहेको बेला पहिरो खसेको उनले बताए। उनले सबै घरभन्दा पनि भान्छापट्टीको भाग मात्रै पहिरोमा परेको उल्लेख गरे।

उनले राति नै शवहरू झिकेर पोष्टमार्टमका लागि अस्पताल पुर्याइएको पनि जानकारी दिए।