☰ open Loading... 20 September 2024|  

एक वर्षमा रूपैडियाबाट १ अर्ब ११ करोडको आलु आयात
पश्चिम नेपाल   | १० श्रावण २०८१, शुक्रबार ०७:०२

बाँकेको जमुनाह नाकाबाट एक वर्ष अवधिमा भारतबाट एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात गरिएको छ ।

२०८० साउनदेखि २०८१ असार मशान्तसम्म सो मूल्य बराबरको चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु आयात गरिएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८० भन्दा गत आर्थिक वर्षमा १८ करोड रुपैयाँ बढीको आलु आयात गरिएको हो ।