पश्चिम नेपाल | ११ श्रावण २०८१, शुक्रबार २१:०३
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई खोज्न काठमाडौं जानुपर्ने स्थिति आएको बताएका छन् ।
मुख्यमन्त्री कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेलले सत्ता साझेदार काँग्रेसलाई कर्णालीमा भेटाउन गारो भएको व्यंग्य गरे ।
केही दिनअघि प्रदेश सभा बैठकमा समेत कंग्रेसका १४ मध्ये ४ जना सांसद मात्रै उपस्थित हुँदा बैठक स्थगित गर्नुपरेको भन्दै उनले भने, ‘उहाँहरू सबै काठमाडौँ हुनुहुन्छ । अव आफै खोज्न काठमाडौँ जानुपर्ने हो कि !’
कांग्रेसकै कारण प्रदेश सरकारलाई पूर्णता दिन नसकिरहेको उनले बताए । कँडेलले भने, ‘कांग्रेसका साथीहरू आन्तरिक छलफलमै हुनुहुन्छ । ढिलाइ किन भइरहेको छ, उहाँहरूको कुरा मलाई थाह भएन ।’
अनलाईनखबरबाट