☰ open Loading... 19 September 2024|  

उपचाररत युवकको मृत्यु भएपछिनोभा अस्पताल तोडफोड, ४ राउन्ड अश्रुग्याँस प्रहार
पश्चिम नेपाल   | ११ श्रावण २०८१, शनिबार १७:०३

कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा उपचाररत एक युवकको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । जन्डिस भएको भनेर साउन ७ गते अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी–२ का १७ वर्षीय नसिभ चौधरीको शुक्रबार मृत्यु भएको हो ।

अस्पतालको लापरबाहीले युवकको मृत्यु भएको भन्दै आफन्तजनको विरोधले तनाव सिर्जना भएको हो । सामान्य स्वास्थ्य समस्या लिएर आएका उनको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गर्न खोज्दा तनाव सिर्जना भएको छ ।

मृतकका आफन्त रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाउँदै आफूहरूले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरे पनि अस्पतालले न त उचित उपचार गरेको, न त रिफर नै गरेको बताए ।