☰ open Loading... 14 March 2025|  

धर्मेन्द्र बास्तोला क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट निष्काशित
पश्चिम नेपाल   | १३ श्रावण २०८१, आईतवार ०७:४८

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पार्टी नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायतका नेताहरुलाई निष्काशन गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिका संयोजक किरणले शनिबार एक विज्ञप्ति जारी गर्दै कञ्चन लगायतका नेताहरुलाई पार्टीबाट निष्काशन गरिएको जानकारी दिएका हुन् ।

पार्टी एकताको महत्व तथा गरिमामाथि गम्भीर आघात पुर्याउन खोजेको, पार्टी अनुशासन तथा सांगठनिक पद्धतिका विरुद्ध गुटवादी तथा फुटवादी गतिविधि सञ्चालन गरेको, एकता महाधिवेशनमा चल्ने विचाराधारत्मक तथा राजनीतिक बहस तथा विमर्शको सामना गर्न नसकी पलायनको बाटो रोजेको र दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्ति अबलम्बन गरेकोले उनीहरुलाई महाधिवेशन आयोजक समिति अर्थात केन्द्रीय संगठन समिति सहित पार्टीका सबै जिम्मेवारीहरुबाट निष्काशन गरिएको विज्ञिप्तमा जनाइएको छ ।