☰ open Loading... 4 June 2025|  

सुरक्षाकर्मीले जोगाउने प्रयास गर्दागर्दै महाकालीमा हामफालेर एक युवती बेपत्ता
पश्चिम नेपाल   | १३ श्रावण २०८१, आईतवार ०८:०८

 

दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी हुन् ।शनिबार साँझ ६ः३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार कुँवर हामफाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

केहीबेरमै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उहाँलाई समात्न नजिकै पुगेका बेला कुँवर नदीमा हामफालेकी हुन् । अहिले महाकालीमा बेपत्ता कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।