☰ open Loading... 20 September 2024|  

फेरि पनि देशमा आगो बल्छः प्रकाण्ड
पश्चिम नेपाल   | १२ श्रावण २०८१, आईतवार ०८:१०

नेकपालाई पर राखेर संविधान चलाउन खोजियो भने फेरी देशमा आगो बल्ने नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताएका छन । आफ्नो गृह जिल्लाको भ्रमणका क्र्ममा सदरमुकाम मान्ममा पत्रकारसँग भेटघाट कार्यक्रमा प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन् ।

यो व्यवस्ता ल्याउन नेपाली जनताले हजारौको संख्यामा ज्यान गुमाउन परेको थियो । क्रन्तीको उपज यो व्यवस्था पल्टाउन मनपरी तवरमा आफ्नो पार्टीलाई पर राखेर संविधान ंसंसोधन गर्न खाजे फेरीपनी देशमा आगो बल्ने चेतावनी दिएका छन । नेकपालाई पर राखेर संविधान चलाउन खोजियो भने फेरी पुरानै अवस्थामा जनता जान सक्ने समेत चेतवानी दिए ।

यो व्यवस्था ल्याउन नेकपा माओवादीको सवैभन्दा ठुलो बलिदानी रहेकाले संविधान आफुखुशी संसोधन गरिए सशक्त पितिकारमा उत्तिने चेतावनी छ ।

साथै उनले प्रचण्ड नेतृत्वको गठबन्दन सरकार भत्किनु भनेको देश ब्रवादी तर्फ जानु सरह रहेको नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताएका छन । देशका सम्पुर्ण कम्युनिष्ट पार्टीहरु मिलेर सुशसान र बिकासका लागी बनाएको गठबन्दन भत्काएर दक्षिणपन्तीहरु संगको गठबन्दन जनमैत्री नरेहको दावी गरे ।