☰ open Loading... 20 September 2024|  

धार्चेमा पहिरो जाँदा ५ जना बेपत्ता, २ घाइते
पश्चिम नेपाल   | १२ श्रावण २०८१, आईतवार ०८:५३

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ रिसामा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन्। अन्य २ जना घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार आज बिहान करिब तीन बजेतिर पहिरो जादा एउटा घर र एउटा कृषि फर्म पुरिँदा ५ जना बेपत्ता भएको बताए।

उनले घटनबारे खबर प्राप्त हुनासा बेपत्ताहरूको खोजी तथा घाइतेको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए।

मौसम प्रतिकुल भएको बाटो खराब भएका कारण बेपत्ताहरूको खोजीका लागि अबको केही समयमा उद्धार टोली घटनास्थल पुग्ने बताए।

हालसम्म बेपत्ता भएका र घाइते भएकाहरूको पहिचान खुल्न सकेको छैन।