☰ open Loading... 20 September 2024|  

९५ वटा खाद्य नमुना गुणस्तरहीन
पश्चिम नेपाल   | १२ श्रावण २०८१, आईतवार ११:४९

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले गत आर्थिक वर्षमा ८ सय ५१ वटा खाद्य तथा दाना नमुनाहरूको प्रयोगशालामा परिक्षण गर्दा ९५ वटा गुणस्तरहीन देखिएको छ। गुणस्तरहिन पाइएका उद्योगहरूलाई आवश्यक कारबाही गरिएको कार्यालयले जनाएको छ।

गुणस्तर प्रतिकूल पाइएका नमुनाहरू तथा अनुगमनका क्रममा खाद्य ऐन, २०२३ र तथा खाद्य नियमावली, २०२७ को अर्खिलाप कार्य गर्ने खाद्य स्वछच्छतामा गम्भीर लापरबाही गर्ने खाद्य उद्योग व्यवसायहरु उपर १४ वटा मुद्दा तयारी गरिएको छ।

जसमा २ वटा पठाइएको र अन्य अनुसन्धानको क्रममा रहेका कार्यालयका सुचना अधिकारी पदम बरालले बताए। प्रयोगशालामा परिक्षण गरिएकाहरूमा मह, स्विस्की, तयारी चाउचाउ, आयातित तोरीको गेडाबाट स्वदेशमा उत्पादित तेल,प्रशोधित पानी, घिउ,चामल, ड्रिंक, दुध लगायत स्वास्थ्यलाई हानि पुर्‍याउने तत्वहरु फेला परेको कार्यालयले जनाएको छ।

हरेक सामानहरु किन्दा उपभोक्ताहरु पनि सजक हुनुपर्ने कार्यालय प्रमुख डाक्टर क्षितिज श्रेष्ठले बताए। कर्णालीमा म्याद गुज्रेका र लेवल नभएका खाद्य वस्तुहरु विक्री गरेको अनुगमनका क्रममा पाइएको छ।

मासको दालमा कलर गरेको पाइएपछि अहिले अनुसन्धान भइरहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए। दालमा किरा देखिएको र गोदाममा धुलो मिसाउने गरेकाले फोहोर धेरै हुने गरेको उपभोक्ताले गुनासो गरेका छन्। कार्यालयले गर्त आर्थिक वर्षमा उपभोक्ताबाट आएको १२ गुनासा तथा उजुरीहरू सम्वोधन गरेको छ।

त्यस्तै,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन जुम्लाले गत आर्थिक वर्षमा ३ लाख ३६ हजार ७ सय ९५ रुपैँया बराबरको म्याद गुज्रेको खाद्य वस्तुहरु नष्ट गरेको खाद्य निरिक्षक गिरिजा शेर्माले बताए। म्याद गुज्रेन लागेका सामाग्रीहरू हिमाली भेकतिर पठाउने गरेको पाइएको शेर्माले बताए। जुम्लामा वियरहरू म्याद गुज्रेको बढी समानहरु भेटिएको जनाइएको छ।