☰ open Loading... 5 November 2025|  

ताेलामा एक हजारले बढ्याे सुनकाे मूल्य
पश्चिम नेपाल   | १३ श्रावण २०८१, आईतवार १२:०३

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४५ हजार सात सय रूपैयाँ निर्धारण भएको छ।

शुक्रबार प्रतितोला एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४५ हजार रूपैयाँ निर्धारण भएको छ।

यसैगरी चाँदीको मूल्य आज तोलामा १० रूपैयाँले बढेको छ। शुक्रबार प्रतितोला एक हजार सात सय ३० मा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ४० रूपैयाँ निर्धारण भएको छ।