☰ open Loading... 20 September 2024|  

वर्डलिंकले ल्यायो २ मा चार अफर
पश्चिम नेपाल   | १२ श्रावण २०८१, आईतवार २०:५६

इन्टरनेट सेवाप्रदायक वर्डलिंक क्युनिकेशनले दुई मा चार अफर सार्वजनिक गरेको छ । यस अफर अन्तगर्त वर्डलिंकको कुनै पनि इन्टरनेट दुई वर्षको लागि खरिद गर्दा २९ प्रतिशतसम्म छुट दिने भएको छ ।

एकैपल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंक कम्युनिकेसन्सको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने भएको छ ।

​यो अफरमा सहभागी ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुट पाउनुका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुई ओटा नोकिया बिकन १.१ र नेटटिभी एन्ड्रोइड सेट-टप बक्स सित्तैमा पाउनेछन् ।

यसका लागि ग्राहकले दुई वर्षको २०० एमबीपीएस इन्टरनेटका लागि १७ हजार ९९० रुपैयाँ (भ्याट बाहेक) तिरे पुग्छ, जसको मासिक शुल्क ७५० रुपैयाँ हुन आउँछ । सम्पूर्ण डिभाइसहरूको डिपोजिट भने छुट्टै तिर्नुपर्नेछ ।

यसैगरी २५० एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेटका लागि समेत कम्पनीले २४ महिने प्याकेज तयार पारेको छ । जसको मूल्य क्रमशः १९ हजार ४९० रुपैयाँ र २२ हजार २९० रुपैयाँ राखिएको छ । यसअन्तर्गत २५० एमबीपीएस इन्टरनेटको मासिक शुल्क ८१२ रुपैयाँ र ३०० एमबीपीएस इन्टरनेटको मासिक शुल्क ९२८ रुपैयाँ हुन आउँछ ।

यद्यपि २००, २५० र ३०० एमबीपीएस गतिका प्याकेजहरू तीन महिना, छ महिना वा १२ महिनामध्ये आफ्नो अनुकूलतामा लिन सकिने विकल्प यथावत् नै छन् । जसअनुसार २०० एमबीपीएसको इन्टरनेटको मूल्य तीन महिनाका लागि ३,३०० रुपैयाँ, छ महिनाका लागि ६,४०० रुपैयाँ र १२ महिनाका लागि १२ हजार ६०० रुपैयाँ पर्छ ।

त्यस्तै २५० एमबीपीएसको तीन महिने प्याकेजको मूल्य ३,६०० रुपैयाँ, छ महिने प्याकेजको सात हजार रुपैयाँ र वार्षिक प्याकेजको १३ हजार ८०० रुपैयाँ रहेको छ ।

३०० एमबीपीएसका लागि भने तीन महिनाका लागि चार हजार ५० रुपैयाँ, छ महिनाका लागि सात हजार ९०० रुपैयाँ र एक वर्षका लागि १५ हजार ६०० रुपैयाँ शुल्क कायम गरिएको छ ।