☰ open Loading... 20 September 2024|  

विवाद हुँदा तीन जना घाइते
पश्चिम नेपाल   | १३ श्रावण २०८१, सोमबार ०९:१५

दुई फरक फरक स्थानमा भएका विवाद तीन जना व्यक्ति माथि साँघातिक आक्रमण भएको छ । पहिलो डुंगेश्वर गाउँपालिका–१ चुप्राबजार र दोश्रो घटना महाबु गाउँपालिका घर भएकाहरु दैलेख सदरमुकाममा भएको विवादपछि जाहारकोटमा साँघातिक आक्रमण भएको प्रहरीले जनाएको छ ।

चुप्राबजारमा भएको सामान्य विवादमा १९ वर्षीय बीरेन्द्र खड्का र उनकी आमा गीता भण्डारी खड्काले त्यहाँकी ३६ वर्षीया राजु खत्री थापा र उनकी १७ वर्षीया छोरी निकिता थापाको टाउकोमा हथौडाले घाउ पार्नुसंग घरभित्रका सामग्रीहरु क्षति पु¥याएको पीडित पक्षको दावी छ ।

दैलेख अस्पतालमा प्रारम्भिक उपचार पछि घाइते आमाछोरीलाई थप उपचार लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पु¥याइएको जनाइएको छ । पीडित पक्षले ज्यान मार्ने उद्योग मुद्दा बुझाएका जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो ।

दोश्रो घटना महाबु गाउँपालिका–३ बडाखोलाका ३० वर्षीय सर्वराज खत्री र ३० वर्षीय किसान घर्तीले महाबु गाउँपालिका–३ बासीका १९ वर्षीय धनबहादुर रुचाललाई कुटपिट गरेको पीडित पक्षले बताएको छ । पीडितको उपचार खर्च व्यहोर्ने सहमतीमा दुवै पक्ष मेलमिलाप गरिसकेका बताइएको छ ।