☰ open Loading... 10 November 2024|  

एक वर्षमा ५ सय ३५ पटक अनुगमन
पश्चिम नेपाल   | १४ श्रावण २०८१, सोमबार ११:५४

गत आर्थिक वर्षमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले ५ सय ३५ पटक अनुगमन गरेको छ।

कार्यालयले आफै ३ सय ४४ पटक अनुगमन गरेको छ भने १ सय ९१ पटक संयुक्त अनुगमन गरेको जनाईएको छ। संयुक्तमा जिल्ला प्रशासन कार्यालय, उद्योग बाणिज्य संघदेखि घरेलु कार्यालयसम्म हुन्छन्। गुनासो बढी आउने दुध र फलफूलमा बढी नियमन भएको छ।

खाद्य बजार २ सय ५ पटक, दाना बजार ४ पटक, होटल रेष्टुरेन्ट १ सय ४९ पटक, खाद्य उद्योग १ सय ३७ पटक र संवेदनशील खाद्य पदार्थ (दुध र पानी) उत्पादन गर्ने उद्योग ४० वटा गरी ५ सय ३५ वटा ब्यवसायमा अनुगमन गरिएको बार्षिक प्रगति वितरण समिक्षा कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख डाक्टर कार्यालय प्रमुख डाक्टर क्षितिज श्रेष्ठले बताए।

कर्णाली प्रदेश स्तरिय कार्यालय भएपनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसंग आफ्नै गाडी छैन् । जसका कारण अनुगमन गर्न कठिनाई भएको कर्मचारीहरु बताउँछन् । मोटरसाईकलकै भरमा अनुगमन हुँदै आएको छ । ७ जिल्ला अनुगमनका दायित्व सुर्खेत कार्यालयलाई रहेको छ भने, जुम्लामा रहेको डिभिजन कार्यालयले जुम्ला, कालिकोट र मुगु हेर्ने गर्दछ । ‘डाईभरको लागि दरवन्दी छ तर, चारपाङ्गे गाडी छैन् ।’ कार्यालयका सुचना अधिकारी पदम वरालले भने, गाडी कार्यालयका लागि अतिआवश्यक हो । माग गरेका छैन् आएको भए अनुगमनमा अँझ सहज हुने थियो।’