☰ open Loading... 20 September 2024|  

१८ सयले बढ्याे सुनकाे मूल्य
पश्चिम नेपाल   | १५ श्रावण २०८१, बुधबार १२:०८

स्थानीय बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला १७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।