☰ open Loading... 20 September 2024|  

ट्राफिक प्रहरीकै मिलेमतोमा अवैध गाडी चढ्छन् अस्पताल प्रमुख
पश्चिम नेपाल   | १५ श्रावण २०८१, बुधबार १२:५०

स्वास्थ्य सेवा कार्यालय तथा जिल्ला अस्पताल दैलेखका प्रमुख धर्मराज रेग्मीले अवैध गाडीलाई सरकारी नम्बर प्लेट प्रयोग गरेर चढ्ने गरेको पाइएको छ।

ट्राफिक प्रहरीको मिलोमत्तोमा गाडीमा जिल्ला अस्पताल दैलेख लेखेर निर्बाध चलाईरहेको पाइएको हो।

भे१ज १८४ नम्बरको गाडी ८ वर्षदेखि जिल्ला अस्पताल दैलेखमा अवैध गाडी चलाएको पाइएको छ। गाडीको कुनै पनि कागजपत्र छैन। कागजपत्र नभएको गाडी अस्पताल जस्तै संवेदनशिन कार्यालयले चलाउँदा प्रहरी रमिते बनेको हो। गाडीको कलर परिवर्तन गरेर पछिल्लो वर्षहरूमा अस्पतालका प्रमुखले चढ्ने गरेका छन्। अवैध गाडीको विषयमा दैलेख र सुर्खेतमा रहेका ट्राफिक प्रमुखहरूलाई खबर गर्दा समेत कुनै वास्ता नै नगर्ने गरेको नाम नछाप्ने सर्तमा एक स्थानीय अगुवाले बताए।

ट्राफिक प्रहरीकै मिलोमत्तोमा सरकारी नम्बर लेखिएको अवैध गाडी चलेको समेत आरोप लागेको छ। सुर्खेतमा एक पटक गाडी समातेर कारबाही गर्न थालिए पनि पावर लगाएर छुटाइएको थियो। त्यसपछि सुर्खेत दैलेख महिनामा २ देखि ३ पटक आउने गरेपनि ट्राफिक प्रहरीले नदेखेझैँ गरेर निर्बाध आउजाउ गर्न दिन्छन्।

गाडीको कागजपत्र नभएको कार्यालय प्रमुख डाक्टर धर्मराज रेग्मीले स्वीकार गरेका छन्। ‘अरु गाडी नभएकाले यही गाडीलाई नै चलाईरहेको छौँ।’ डाक्टर रेग्मीले भने, नयाँ गाडीको लागि बजेट आएकाले यो वर्ष किन्ने तयारीमा गरेका छौ।’

नागरिकन्युजबाट