☰ open Loading... 20 September 2024|  

बांगेसिमलबाट एक ट्रक अवैध चिनी बरामद
पश्चिम नेपाल   | १५ श्रावण २०८१, बुधबार १३:२१

वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलमा प्रहरीले ठूलो परिणाममा चिनी बरामद गरेको छ। चेकजाँच गर्ने क्रममा कर्णाली राजमार्ग हुँदै लैजान लागेको चिनी प्रहरीले बरामद गरेको हो।

कर्णाली प्रदेश ००२–००१ ख ०२५४ नम्बरको एलपी ट्रकमा विल नभएको चिनी प्रहरीले बरामद गरेको हो। प्रतिबोरा ५० किलोग्राम भएको १ सय ५६ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रुपेश खडकाले बताए।

एसपी खड्काका अनुसार बरामद गरेको चिनीको बजार मूल्य ७ लाख ८० हजार रहेको छ। बरामद चिनी, ट्रकसहित चालक राजकुमार थारुलाई प्रहरीले नियन्त्रणमा लिएको आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाइएको सुर्खेत प्रहरीले जनाएको छ।