☰ open Loading... 20 September 2024|  

सुन प्रतितोला १ लाख ४८ हजार ७ सय पुग्यो
पश्चिम नेपाल   | १६ श्रावण २०८१, बिहीबार ११:५९

स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

बिहीबार सुन तोलाको १६ सयले बढेर एक लाख ४९ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि बुधबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो।

त्यस्तै, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ७ सयमा काराेबार भइरहेको छ।

त्यस्तै,बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बिहीबार प्रतितोला २० रुपियाँले बढेर तोलाको १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।