☰ open Loading... 5 February 2025|  

१३ वर्षीया बालिका बलात्कार आरोपमा ३ जना पक्राउ
पश्चिम नेपाल   | १७ श्रावण २०८१, बिहीबार १२:०८

रूकुम पश्चिममा १३ वर्षीया बालिकामाथि बलात्कार आरोपमा ३ जना पक्राउ परेका छन्।

चौरजहारी नगरपालिका-१ का ३७ वर्षीय शिखर भण्डारी,२७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाईं पक्राउ परेका हुन्।

उनीहरूलाई रूकुम पश्चिमबाट खटिएको टोलीले मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी इन्स्पेक्टर बखतबहादुर शाहीले जानकारी दिए।

इन्स्पेक्टर शाहीका अनुसार पक्राउ परेकाहरूमाथि एक बालिकालाई चौरजहारीकै होटलमा फकाइफुल्याइ लगेर बलात्कार गरेको सूचना पाएको थियो।

सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

‘उनीहरूलाई बिहान ४ बजेतिर जिल्ला प्रहरी कार्यालय ल्याइपुर्‍याएका छौं, थप अनुसन्धान भइरहेको छ,’ उनले भने।