☰ open Loading... 20 September 2024|  

ग्यास पड्किए घाईतेहरुलाई उपचारमा आर्थिक सहयोग
पश्चिम नेपाल   | १६ श्रावण २०८१, बिहीबार १२:५२

भारतको मुम्बई महाराष्ट्र पनवेलमा ग्यास पड्किएर आगलागीबाट घाईते भएकालाई आर्थिक सहयोग भएको छ । पश्चिमनेपालका सुदुरपश्चिम र कर्णाली प्रदेश संयोजक गणेशबहादुर शाहीको अगुवाईमा आर्थिक संकलन अभियान थालिएको हो ।

मनकारी दाताहरुले अभियान मार्फत संकलन गरेर पठाएको रुपैँया मुम्बई साईन हस्पिटलमा महेन्द्र शाही, मदन चन्द र अमर चन्द, पत्रकार एवम समाजसेवी ललिता मलाती पुगेर पहिलो चरणमा ८७ हजार भारु रुपैँया र दोस्रो चरणमा १५ हजार भारु रुपैँया हस्तान्तरण गरेका छन् ।

त्यस्तै नेपाली जनसम्पर्क समितिले अभियानसंग सहकार्य गरेको छ । आर्थिक सहयोग अभियान मार्फत सहयोग गर्ने अभियान्ता तथा नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रिय अध्यक्ष मोहन बडुवालले बताए । आर्थिक सहयोगको तेस्रो चरणको अभियान निरन्तर रहेको बडुवाले जानकारी दिएका छन् ।

दैलेख आठविस नगरपालीका –७ चौरेता छत्र बहादुर शाहीका छोरा हिक्मत बहादुर शाही, श्रीमती र सानो छोरा घाईते छन् । हिक्मतको उपचारका क्रममा म्याक्सिको लाईफ अस्पिटलमा मृत्यु भएको छ भने श्रीमती र छोराको उपचार भईरहेको छ । उनीहरुको शरिर ७० देखि ८० प्रतिशत जलेको छ ।

प्रवासी नेपाली संघ भारतका केन्द्रिय सदस्य महेन्द्र शाही, नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रिय अध्यक्ष मोहन बडुवाल, प्रवासी नेपाली सम्पर्क बिभाग महाराष्ट्र राज्य सभापती राज रोकाय, नेपाली जनसम्पर्क समिती केन्द्रीय विभागीय सदस्य मदन बहादुर चन्द, प्रवासी नेपाली संघ भारत महाराष्ट्र प्रचार प्रसार विभाग सचिब अमर बहादुर चन्द म्याक्सिको लाईफ हस्पिटलमा पुगेर डाक्टरसंग सल्लाह सुझाब र परामर्श लिईरहेका छन् । दैनिक ५०देखी ६० हजार खर्च आउने र १५देखी २० लाख भारु रुपैँया उपचारमा खर्च हुने जनाईएको छ ।