☰ open Loading... 19 September 2024|  

कर्णाली प्रदेश ः कांग्रेसले टुंगो लगायो मन्त्रीको नाम
पश्चिम नेपाल   | १७ श्रावण २०८१, शुक्रबार १२:२५

नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेस संसदीय दलको बैठकले नेकपा एमालेको नेतृत्वमा रहेको सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएको हो ।

कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टका अनुसार सामाजिक विकास मन्त्रालय, आर्थिक ममिला तथा योजना मन्त्रालय, उद्योट, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा उर्जा विकास मन्त्रालय कांग्रेसले लिनेछ ।

सामाजिक विकास मन्त्रीमा दैलेखका घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा हुम्लाकी विजया बुढा मन्त्री बन्ने छन् ।

मन्त्रीहरुको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइएको विष्टले जानकारी दिए ।