☰ open Loading... 19 September 2024|  

दाङमा खोलाले अटो बगाउँदा २ जना बेपत्ता, एकजनाको उद्धार
पश्चिम नेपाल   | १८ श्रावण २०८१, शनिबार ०८:४२

दाङको घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ ।

तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर-४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।