☰ open Loading... 19 September 2024|  

खोलाले बगाउँदा एक पुरुषको मृत्यु
पश्चिम नेपाल   | १९ श्रावण २०८१, आईतवार ११:३२

खोलाले बगाउँदा रुकुमपश्चिमको मुसिकोट नगरपालिका–७ झुलखेतका ५० वर्षीय तेजबहादुर बुढाको मृत्यु भएको छ । बुढालाई सोही ठाउँको चुनखोलाले बगाएको हो ।

वडा नं ६ र ७ को सिमाना झुलखेतबाट बगेका बुढाको शव वडा नं ३ र १३ को बीचमा पर्ने काउलेचौरस्थित मुग्लुखोलाबाट निकालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए । उनका अनुसार काउलेचौरको झोलुङ्गे पुल नजिकै मुग्लुखोलामा बगिरहेको अवस्थामा शव फेला पारेको हो ।

बुढाको पारिवारिक झगडा भएको र मर्छु भनेर निस्किएको जानकारी प्राप्त भएको प्रहरी प्रमुख पोखरेलले जानकारी र्दिए । बुढाले खोलामा हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशङ्का गरेको छ ।