☰ open Loading... 19 September 2024|  

दाङमा टिपरले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु
पश्चिम नेपाल   | १९ श्रावण २०८१, आईतवार ११:५५

दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ ।

शनिबार घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु.२ख ५०८५ नम्बरको टिपरले विपरीत दिशातर्फ आइरहेको बा.८५प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घोराही– ९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले बताए । आफन्तले भने दोषीलाई कारबाहीको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका छन् । घटनास्थलमा आफन्तहरूले सडक अवरुद्ध गरेका छन् ।