☰ open Loading... 19 September 2024|  

कर्णालीमा कुरा मिलेपछि चार मन्त्रीहरूले आज शपथ हुँदै
पश्चिम नेपाल   | १९ श्रावण २०८१, आईतवार १२:००

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका चार जना मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ आज हुने भएको छ। यसअघि शुक्रवार तय गरिएको शपथ ग्रहण एमालेले सामाजिक तथा अर्थमध्ये एउटा मागेपछि रोकिएको थियो ।

कांग्रेस संसदीय दलले गत शुक्रबार नै आफ्नो दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको भएपनि उनीहरूको शपथ आइतबार हुने भएको हो।

शपथ लिनेमा आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाही, सामाजिक विकास मन्त्री घनस्याम भण्डारी, उद्योग पर्यटन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र खानेपानी, जलश्रोत, ऊर्जा विकास मन्त्रीमा विजय बुढा रहेका छन्।