☰ open Loading... 20 September 2024|  

एउटै निर्वाचन क्षेत्रबाट कर्णाली प्रदेश सरकारमा ३ जना मन्त्री
पश्चिम नेपाल   | २० श्रावण २०८१, सोमबार १७:२८

एउटै निर्वाचन क्षेत्रबाट कर्णाली प्रदेश सरकारमा तिन जना मन्त्री नियुक्त भएका छन्। दैलेख क्षेत्र नम्बर २ बाट प्रदेश सरकारमा तिन जना मन्त्री नियुक्त भएका हुन्।

मन्त्री नियुक्त हुनेहरूमा नेकपा एमालेबाट २ जना र नेपाली कांग्रेसबाट १ जना गरेर तिन जना मन्त्री भएका हुन्। मुख्यमन्त्रीसहित ८ जना मन्त्री परिषद् रहेको कर्णाली सरकारमा एउटै क्षेत्रका तिन जना मन्त्री भएपछि चर्चा चुलिएको हो।

यसअघि नै दैलेख क्षेत्र नम्बर २ बाट नेकपा एमालेबाट भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विनोदकुमार शाही, भौतिक योजना तथा शहरी विकास मन्त्रालयमा राज्यमन्त्रीमा गमता विक रहेकी छिन्। आइतबार नेपाली कांग्रेसबाट घनश्याम भण्डारी सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन्। भण्डारी क्षेत्र नम्बर २ (क) प्रदेशबाट निर्वाचित सांसद हुन भने शाह (ख) प्रदेशबाट निर्वाचित हुन्।

त्यस्तै राज्यमन्त्री विक (ख) बाट समानुपातिक सांसद हुन्। आइतबार कांग्रेसबाट अर्थ, पर्यटन र जलश्रोत तथा उर्जा मन्त्रीसहित चार जना मन्त्री पदको शपथ लिएका छन्। दैलेखको एउटै क्षेत्रबाट धेरै मन्त्री भएपछि स्थानीय जनताहरूले विकासको आशा पलाएको बताएका छन्।