☰ open Loading... 19 September 2024|  

उपचारका लागि ८४ हजार बढी रकम हस्तान्तरण
पश्चिम नेपाल   | २१ श्रावण २०८१, मंगलवार ०८:४८

भारतको मुम्बई महाराष्ट्र पनवेलमा ग्यास पड्किएर आगलागीबाट घाईते भएकालाई पश्चिम नेपाल डटकमले आर्थिक सहयोग अभियान चलाएर संकलन भएको पैसा परिवारलाई हस्तान्तरण गरिएको छ । पश्चिमनेपालका सुदुरपश्चिम र कर्णाली प्रदेश संयोजक गणेशबहादुर शाही लगायत अनलाईनका संम्वाददाता विमल बोहोरा, ब्यवसायी कृष्ण बहादुर माँझीले पीडित परिवारकै घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो ।

मनकारी दाताहरु मार्फत संकलन भएको ८४ हजार ७ सय ५८ रुपैँया परिवारलाई बुझाईएको हो । अभियान जारी नै भएकाले अर्को चरणमा उठेको रकम हस्तान्तरण गर्ने तयारी रहेको अभियान्ता गणेशबहादुर शाहीले बताए । त्यस्तै भारतमा नेपाली जनसम्पर्क समितिले अभियानसंग सहकार्य गरिएको छ ।

दैलेख आठविस नगरपालीका –७ चौरेता छत्र बहादुर शाहीका छोरा हिक्मत बहादुर शाही, श्रीमती र सानो छोरा घाईते छन् । हिक्मतको उपचारका क्रममा म्याक्सिको लाईफ अस्पिटलमा मृत्यु भएको छ भने श्रीमती र छोराको उपचार भईरहेको छ । उनीहरुको शरिर ७० देखि ८० प्रतिशत जलेको छ । उनीहरुको उपचारका लागि दैनिक ५०देखी ६० हजार खर्च आउने र १५ देखी २० लाख भारु रुपैँया उपचारमा खर्च हुने जनाईएको छ ।

यो अभियानमा सहयोग गर्नेहरुको विवरणसहित