☰ open Loading... 19 September 2024|  

जाजरकोटमा जिप दुर्घटना हुँदा १४ जना यात्रु घाइते
पश्चिम नेपाल   | २१ श्रावण २०८१, मंगलवार १५:२५

जाजरकोटमा बोलेरो जीप दुर्घटनामा परेको छ । जाजरकोटको खलंगादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको जीप वडा नम्बर ६ भेरेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

घाइतेहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

‘हालसम्म १४ जना घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको बुझिएको छ, घाइतेको संख्या अझै बढ्न सक्छ । हाम्रो टोली जाँदै छ ।’ प्रहरीका अनुसार थप विवरण आउन बाँकी रहेको छ ।