☰ open Loading... 19 September 2024|  

गुल्मीको मुसिकोटमा पहिरोले घर पुर्दा चार जनाको मृत्यु
पश्चिम नेपाल   | २१ श्रावण २०८१, मंगलवार १६:२९

गुल्मीको मुसिकोटमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् ।

पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मी प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर मुना विक र विष्णु विक घाइते भएका छन् ।