☰ open Loading... 19 September 2024|  

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
पश्चिम नेपाल   | २२ श्रावण २०८१, बुधबार ११:१६

मङ्गलवारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँँदा कर्णाली राजमार्ग अवरुद्ध बनेको छ।

कालिकोटको शुभकालिका गाउँपालिका १ सडकखण्डको गोगने खोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।

राजमार्गमा पहिरो जाँदा सवारी साधनबीच बाटोमै अलपत्र परेका छन्।

अवरुद्ध राजमार्ग खुलाउन आज बिहान ६ बजेदेखि नै कालिकोटबाट स्काभेटरसहित प्रहरीको टोली खटिएको कालिकोटका ट्राफिक प्रहरी प्रमुख टोपबहादुर महताराले बताए।

अहिले साना सवारी साधन भने गुडिरहेका छन्।