☰ open Loading... 19 September 2024|  

फार्ममा पसेको मलसाप्रोले २ सय ब्रोइलर कुखुरा मार्‍यो
यामराज बिष्ट   | २२ श्रावण २०८१, बुधबार १४:२८

दैलेख– दैलेखमा जंगली जनावर मलसाप्रोले एक किसानले पालेका २ सय कुखुरा मारेको छ । डुङ्गेश्वर गाउँपालिका–२ लाकुरी बाथ्थला स्थित खगेन्द्र कृषि तथा पशुपंक्षी फर्ममा पसेको मालसाप्रोले २ सय ब्रोइलर कुखुरा मारेको हो ।

मलसाप्रोले फर्म भित्रै बुधबार बिहान करिब एक बजे तिर पसेको मलसाप्रोले ब्रोइलर कुखुरा मारेको डुङ्गेश्वर गाउँपालिका–२का वडाध्यक्ष याम बहादुर बिष्टले जानकारी दिए ।

राति सुतेको बेला फार्ममा मालसाप्रोले बिक्रीका लागि तयार भएका ब्रोइलर कुखुरा मारेको फार्म संञ्चालक जगत कुमारी थापाले बताइन् । उनले साढे एक लाख मुल्यका कुखुरा एकैपटक मारेको जानकारी दिइन् । सुरक्षाका लागि लगाईएको तारबारसमेत छलेर मलसाप्रो फार्ममा पसेको उनले जानकारी दिइन् ।आफुहरुले बैंकबाट ५ लाख बढी कर्जा लिएर ५सय ब्रोइलर कुखुरा पालन व्यवसाय सुरु गरेको फार्मका सञ्चालक थापाले बताइन् ।