☰ open Loading... 19 September 2024|  

हड्डी अड्किएर एक जनाको मृत्यु
पश्चिम नेपाल   | २२ श्रावण २०८१, बुधबार १७:१०

राँगाको मासु खाँदा हड्डी घाँटीमा अड्किएर चितवनमा एक पुरुषको मृत्यु भएको छ।

तनहुँको भिरकोट स्थित पिपलबारीका ५९ वर्षीय छाम बहादुर रानामगरको मृत्यु भएकाे हो। उनी गैँडाकोट नगरपालिका-१ गंगानगर स्थित छोरीको घरमा राँगाको मासु सहित खाना खाने क्रममा गम्भीर घाइते भएका थिए। लगतै उनलाई उपचारका लागि भरतपुर अस्पतालमा पुर्‍याइएको थियाे। उपचारको क्रममा आज (बुधबार) बिहान उनकाे मृत्यु भएको हो।

बुधबार बिहान ८ः३० बजेको खाना खाने क्रममा अचानक मासुको हड्डी अड्केर उनी बेहोस भएका थिए। उपचारका लागि भरतपुर अस्पताल ल्याउँदा चिकित्सकले उनलाई बिहान ९ः४८ बजे मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए।