☰ open Loading... 19 September 2024|  

डिभि निकेतनको बस खोला तर्ने क्रममा चिप्लिएर इत्राम खोलामा पल्टियो
पश्चिम नेपाल   | २२ श्रावण २०८१, बुधबार १९:०८

बुधबार साँझ विद्यार्थी बोकेर हिडेको बस दुर्घटनामा परेको छ । वीरेन्द्रनगर नगरपालिका-८, स्थित इत्राम खोलामा ३२ जना विद्यार्थी बोकेर हिँडेको डिभि निकेतनको बस खोला तर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो । बसमा सवार ११ जना विद्यार्थी घाइते भएको छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले घाइते एक जनाको अवस्था गम्भीर रहेको बताए । बस स्कुल बिदा भए घर फर्किँदै थियो । घाइतेहरुको उद्दार गरी स्थानीय देउती अस्पतालमा उपचार भएको छ ।