☰ open Loading... 19 September 2024|  

ट्रकको ठक्करबाट अटो चालकको मृत्यु
पश्चिम नेपाल   | २२ श्रावण २०८१, बुधबार १९:१०

सुर्खेतको लेकवेशी नगरपालिका-३, स्थित काप्रीखोला नजिक भदन भण्डारी राजमार्गमा ट्रकले अटो रिक्सालाई ठक्कर दिदा चालकको मृत्यु भएको छ ।

बुधबार दिउसो लेकवेशी नगरपालिका-४, को दशरथपुरदेखि वडा नम्वर- १ लेखफर्सा तर्फ जाँदै गरेको मदेश प्रदेश ०३००१ क २४९१ नम्वरको ट्रकले विपरित दिशाबाट आईरहेको भे १ ह ६६७५ नम्वरको अटो रिक्सालाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट अटो चालक ४८ बर्षका डिलबहादुर डडालीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनास्थलमा ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।