☰ open Loading... 19 September 2024|  

जाजरकोटमा झाडापखलाको प्रकोप
पश्चिम नेपाल   | २२ श्रावण २०८१, बुधबार १९:१३

जाजरकोटमा झाडापखलाको प्रकोप यसवर्ष पनि फैलिएको छ । कुशे गाउँपालिका–४ तम्तीमा झाडापखला फैलिएको हो ।

झाडापखलाकै कारण गम्भीर बिरामी भएकी ५२ वर्षकी जलुका शाहीलाई नेपाल प्रहरीले उद्धार गरी स्वास्थ्य चौकीसम्म पु¥याएको छ ।

प्रहरीका अनुसार अहिले उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छ । प्रहरीले जलुकालाई घरबाट हेलिकप्टरसम्म बोकेर पु¥याएको थियो ।