☰ open Loading... 20 September 2024|  

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
यामराज बिष्ट   | २३ श्रावण २०८१, बिहीबार ०५:२८

दैलेख- अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । मंगलबार राति परेको वर्षाले पहिरो जाँदा कालीकोटको सिमानामा पर्ने शुभकालिका–१ दहीखोला र कालेखोला बीचको गगने खोलामा पहिरो गएको थियो।

अविरल वर्षासँगै सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगनेखोला र कालेखोलामा वर्षाले पहिरो जाँदा गएको पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।राजमार्ग खुलेपछि यातायातका साधन चल्न थालेको उनले जानकारी दिए ।

गगनेखोला र कालेखोलालगायत स्थापनामा साना ठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौँ जाने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका थिए ।

वर्षाका कारण सो स्थानहरूमा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो । राजमार्ग सञ्चालनमा आएपछि कर्णालीवासीले आवतजावतका लागि राहत पाएका छन्।