☰ open Loading... 19 September 2024|  

सडक डिभिजनले महावु सडकको पहिरो हटाउने
पश्चिम नेपाल   | २३ श्रावण २०८१, बिहीबार १४:२६

सडक डिभिजन कार्यालय सुर्खेतले दैलेख महावु सडकको पहिरो हटाउने भएको छ । जनैपूर्णीमाको दिन महावुमा हुने शिवजीको पुजामा जाने भक्तजनका सुविधाका लागि सडक खोल्ने तयारी भएको हो । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुले सडकको अनुगमन गरेका छन् ।

बर्षातमा पहिरोले बगाएको सडक मर्मतका लागि सडक डिभिजनले खोल्ने भएको हो । धार्मीक पुजाअर्चनाको लागि महावु भक्तजनहरु धेरै सहभागी हुने भएकाले र दैलेखका प्रमुख जिल्ला अधिकारीले सडक खुलाउन भनेपछि डोजर पठाउने तयारी भएको सडक डिभिजन कार्यालय सुर्खेतका डिभिजन प्रमुख खुम भण्डारीले बताए ।

प्रसिद्ध धाम दैलेखको महावुसम्म गाडी लैजानको लागि सडक डिभिजन सुर्खेतलाई पहिरो पन्छाउन भनेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । ‘हप्तादिनभित्र सडक पन्छाउने र पहिरो हटाउने काम हुन्छ ।’ प्रमुख जिल्ला अधिकारी भुसालले भने, सडक डिभिजनले डोजर पठाउनेछ । पहिरो ठुलो भएकाले केही दिन लाग्छ ।’

महावु लेक जान दैलेखको नारायण नगरपालिका र महावु गाउँपालिका क्षेत्र भएपनि सडक मर्मतमा खासै वास्ता गरेको पाईदैन् ।