☰ open Loading... 20 September 2024|  

कर्णाली योजना आयोगले पायो पूर्णता
पश्चिम नेपाल   | २३ श्रावण २०८१, बिहीबार १७:१८

कर्णाली प्रदेश योजना आयोगले चार महिनापछि पदाधिकारी पाएको छ । तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएपछि आयोग रिक्त रहेको थियो ।

मुख्यमन्त्री यामलाल कँडेलले रिक्त रहेको आयोगलाई पूर्णता दिएका हुन् । कँडेलले आयोगको उपाध्यक्षमा आफ्नै वडा निवासी सूर्यनाथ योगीलाई नियुक्त गरेका छन् ।

यस्तै सदस्यमा मुगुको छायाँनाथ रारा नगरपालिका–५, का डम्बर रावल र कालिकोटको रास्कोट नगरपालिका–३ का अशोकनाथ योगी नियुक्त भएका छन् । उपाध्यक्ष नियुक्त भएका योगी र रावल एमालेको कोटाबाट नियुक्त भएका हुन् भने सदस्य योगी नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका हुन् ।