☰ open Loading... 19 September 2024|  

स्कारपियो ट्रकसँग ठोक्कियो: २० जना घाइते
पश्चिम नेपाल   | २५ श्रावण २०८१, शनिबार १५:२५

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको लहान नगरपालिका-१२ मा चाइना कम्पनीको एक स्कारपियो र ट्रक आपसमा ठोक्किँदा २० जना घाइते भएका छन्।

शनिबार बिहान धनगढीबाट लहान तर्फ आई रहेको प्रदेश २–०३–००१ ख ४०५७ नं.को ट्रक र विपरीत दिशाबाट गई रहेको बागमती प्रदेश ०३–००१ च २८७५ नंको स्कारपियो एक आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख डम्बर पुरीले जानकारी दिए।

दुर्घटनामा घाइते स्कारपियोमा सवार चिनियाँ नागरिक ३० वर्षीय साओछ्याको उपचार विराटनगरमा भइरहेको छ। उनको टाउकोमा गम्भीर चोट देखिएकोले प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको सप्तऋसि अस्पतालले जनाएको छ। बाँकी घाइतेको उपचार लहान स्थित सप्तऋसि अस्पताल र कामना अस्पताल लहानमा भइरहेको प्रहरीले जनाएको छ।