☰ open Loading... 23 February 2025|  

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध
पश्चिम नेपाल   | २७ श्रावण २०८१, आईतवार २१:२४

कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत जुम्ला-सुर्खेत सडकखण्डको कालिकोट शुभकालिका गाउँपालिका–१ गगन खोलामा पहिरो जादाँ सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले आइतबार बेलुका पुनः पहिरो गएर सडक अवरुद्ध भएकाले अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको बताए।

अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए। शनिबार कर्णाली राजमार्गको कालिकोट सडकखण्डका विभिन्न ठाउँमा पहिरो गएर अवरुद्ध बनेको सडक आज बिहानबाट सञ्चालनमा आएको थियो।

वर्षा सुरू भएयता गगने खोला र एस मोडमा मात्र नौ पटक पहिरो खसेको प्रहरीले जनाएको छ।