☰ open Loading... 19 September 2024|  

पत्रकार डेकेन्द्र थापाको हत्या भएको २०वर्ष पुग्यो,अझै सकिएको छैन न्यायको लडाई
यामराज बिष्ट   | २७ श्रावण २०८१, सोमबार ०५:३०

दैलेख –तत्कालीन माओवादी कार्यकर्ताले अपहरण गरी हत्या गरिएका पत्रकार डेकेन्द्र थापाको आईतबार२०औं स्मृति डेकेन्द्र स्मृति दिवश सम्पन्न भएको छ । दैलेख बजारमा संचालित खानेपानीको पाईप लाईन काटेर खानेपानी अवरुद्ध गरेपछि खानेपानीको विषयमा छलफल गर्न गएको समयमा २०६१ साल असार १२ गते माओवादीले थापालाई अपहरण गरेका थिए। अपहरण को ४८ दिन पछि दैलेखको साविकको द्धारी गाविसको एउटा विद्यालयमा निर्ममता पूर्वक हत्या भएको थियो ।
पत्रकार थापाको हत्या भएको २० वर्ष पुगीसक्दा समेत उनका परिवारले न्याय नपाएको राज्यले कुनै चासो नदेखाएको भन्दै नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले दुख ब्यक्त गरेको छन् । स्वर्गीय पत्रकार थापाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्ने भनेर आश्वसन दिए कार्यान्वयन गर्ने निकायबाट समेत असहयोग भएको बताए ।उनले नौमूले गाँउपालिका द्धारीमा रहेको नेरा माविलाई डेकेन्द्र मावि बनाउन आफुले पहल गरेपनि सम्बन्धीत निकायबाट भने अनुसार काम नभएको अध्यक्ष थापाले गुनासो गरे ।उनले बोले अनुसार काम गर्न समेत सबैलाई आग्रह गरे ।

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बास्तवमा उहाँ दैलेखको मात्र गहना नभएर देशको गहना भएकाले पत्रकारिता क्षेत्रबाट पत्रकार डेकेन्द्रराज थापाले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको बताए । उनले न्याय पाउनुपर्ने मान्छेले न्याय पायो कि पाएन त्यता तिर सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । दैलेखमा स्वर्गीय पत्रकार थापाको हत्यामा संलग्नलाई तत्काल कारबाही गरी पीडितले न्याय पाउनुपर्ने बताए ।

यस्तै समाज परिवर्तन गर्न पत्रकार डेकेन्द्रराज थापाको महत्त्वपूर्ण भुमिका रहेको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले बताए । उनले भने हामीले उनीबाट सिक्नुपर्ने कुराहरु धेरै रहेको बताए ।उनले सबै राजनितिक दल, जनताले साथ दिए डेकन्द्र चोक देखि मध्यपहाडी लोकमार्ग सम्म डेकेन्द्र मार्ग बनाउन आफुले नारायण नगरपालिकाबाट सहयोग गर्ने समेत उनले प्रतिबद्वता जनाए ।
कार्यक्रममा जिल्ला स्थित सवै संचारकर्मीहरु, जनप्रतिनिधि, राजनैतिक दल, सर्वसाधारण, बुद्धिजीविको सहभागीता रहेको थियो ।
२०६१ असार १२ गते तत्कालीन माओवादी कार्यकर्ताको अपहरणमा परेका थापाको साउन २७ गते द्धारी गाविसको नेराप्रावीको कोठामा निर्घात कुटपीट गरी जिउँदै गाडेरे हत्या भएको थियो ।