☰ open Loading... 20 September 2024|  

टिका पुनको स्वरमा ‘त्यो चरीलाई हान्छु दाई’ सार्वजनिक (भिडियोसहित)
पश्चिम नेपाल   | ३२ श्रावण २०८१, शनिबार ०५:३४

लोकेन्द्र जिसी कुमार
दैलेख- हिन्दु नेपाली नारीको महान् पर्व हरितालिका तीजकोअवसरमा गायक गायिकाले हरेक वर्ष विभिन्न तीज गीत कोसेली ल्याउने गरेका छन् । तीजका गीतले थप रमाइलो र उत्साह थप्ने गरेको पाइन्छ । हरेक वर्ष सयौं तीजका नयाँ भाका बजारमा आउने गर्छन् ।

यसो त हिन्दु नारीहरुको महान पर्व हरितालीका तीज आउन महिना केहि दिन समय बाँकि छ । हरितालीका तिज नजिकै गर्दा तीजका गीतहरु बजारमा आउने क्रममा गायिका टीका पुन,करिस्मा घर्ति,करिस्मा बिशीको स्वरमा तीज गीत ‘त्यो चरीलाई हान्छु दाई ’ सार्वजनिक भएको छ ।

जसमा टीका पुनको शब्द, संगीत रहेको छ भने मौसम हिमालीको निर्दैशन रहेको यस गीतमा नविन घर्तिमगर सम्पादन रहेको छ । उक्त गीतको म्यूजिक भिडियो  टिका पुनको आफ्नै युटुब च्यानलबाट सार्वजनिक भएको छ ।