☰ open Loading... 20 September 2024|  

आज अन्तर्राष्ट्रिय युवा दिवस
पश्चिम नेपाल   | २७ श्रावण २०८१, सोमबार ०८:११

आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने मूलनारासहित यसवर्षको अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा मनाउन लागिएको हो।

प्रत्येक वर्ष अगस्ट महिनाको १२ तारिखमा मनाइने युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागितामा मूल समारोहको आयोजना हुँदैछ।

सन् १९९८ अगस्ट ८–१२ तारिखमा संयुक्त राष्ट्रसङ्घको समन्वयमा पोर्चुगलको लिसवनमा १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व सम्मेलन भएको थियो। सम्मेलनले आआफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धता सहित ८८ बुँदे लिसवन घोषणापत्र जारी गरेको थियो। सन् १९९९ को डिसेम्वर १७ मा बसेको राष्ट्रसङ्घको ५४ औं महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० बाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालिएको हो।