☰ open Loading... 24 February 2025|  

बिहारको जहानाबादमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु
पश्चिम नेपाल   | २८ श्रावण २०८१, सोमबार ११:५९

बिहारको जहानाबाद जिल्लास्थित एक मन्दिरमा सोमबार भागदौड मच्चिएको छ। बाबा सिद्धेश्वर नाथ मन्दिरमा भागदौड हुँदा ७ जनाको मृत्यु भएको छ। अन्य १० जनाभन्दा बढी घाइते भएको बताइएको छ। घटना राति १२ देखि साढे १२ बजेको बीचमा भएको थियो।

‘यो दुःखद घटना हो। सबै व्यवस्था मिलाइएको थियो। हामी अवस्थाको अध्ययन गरिरहेका छौँ। अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको छ। १० भन्दा बढी घाइते छन्।’ जहानाबाद एसडीओ विकास कुमारले भनेका छन्। स्थिति नियन्त्रणमा आइसकेको बताइएको छ।

मृतकको सनाखत गर्ने प्रयास भइरहेको र छिटै शव पोष्टमर्टमका लागि पठाइने बताइएको छ। घाइतेहरूको जहानाबाद सदर र मखदुमपुर सदर अस्पतालमा उपचार भइरहेको छ।