☰ open Loading... 19 September 2024|  

अरिङ्गालले टोकेर एक जनाको मृत्यु
पश्चिम नेपाल   | २८ श्रावण २०८१, मंगलवार ०७:४७

गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर– ५ आँपचौर निवासी ३१ वर्षका रमेश लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले बताए ।

लामिछाने अरिङ्गाल पोल्न रुखमा चढेका थिए । सोही क्रममा अरिङ्गालले टोक्दा उनी रुखबाट लडेका थिए ।

लामिछानेको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।